संखुवासभा, ११ कात्तिक । मंसिर १० मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका ३० जनामा सबैभन्दा बढी उमेरका उम्मेदवार हुन् ७४ वर्षका भरत राई।

Advertisement

राईले राष्ट्रिय जनमुक्ति पार्टिबाट प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका हुन् । कार्यकर्ताहरुले जेष्ठताको आधारमा आफूलाई उम्मेरदवारी दिन आग्रह गरेपछि उम्मेदवारी दिएको राईले बताए।

जनमुक्ति पार्टीले प्रदेशसभा क मा जगदीप राई र ख मा यामकुमार लिंखालाई उम्मेदवार बनाएको छ। जिल्लामा दर्ता भएका १८ दलमध्ये १० ओटा दलले उम्मेदवारी दर्ता गराएका थिए। १० ओटा दलका ३० उम्मेदवारमा सबै भन्दा कान्छो उमेरका ललित गुरुङ छन्।

गुरुङ २६ वर्षको उमेरमा राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका छन्। राष्ट्रिय जनता पार्टीबाट प्रदेशसभा क मा ३९ वर्षीय राजकुमारी गुरुङले उम्मेदवारी दिएकी छिन्।

उनी आसन्न निर्वाचनका लागि संखुवासभामा एक मात्र महिला उम्मेदवार हुन्। त्यस्तै निर्वाचनका लागि वाम गठबन्धनबाट एकजना बागी उम्मेदवार रहेका छन्। प्रतिनिधिसभाका लागि एमालेका डा. गुप्तबहादुर श्रेष्ठले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन्।

वाम गठबन्धनबाट नेकपा एमालेका राजेन्द्र गौतम आधिकारिक उम्मेदवार छन्।   प्रतिनिधिसभाका लागी १ र प्रदेशसभा निर्वाचनका लागि २ वटा निर्वाचन क्षेत्र रहेको संखुवासभामा १ लाख ५ हजार ८५ जना मतदाता रहेका छन्। ती मतदाताहरुले १ सय ३ मतदान स्थलका १ सय ५३ मतदान केन्द्रमा मतदान गर्ने छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!