संगालोखबर
साङ्केतिक तस्बिर

धनुषा । धनुषामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । महोत्तरीको एकडारा नगरपालिका-१ बस्ने रविन्द्र महतोकी २३ वर्षीया पत्नी पुनिताकुमारी महतोको मृत्यु भएको हो ।

पुनिता जनकपुरधाम उपमहानगरपालिका-१७ तेतरियास्थित भिनाजु सन्देश महतोको घरमा आएका बेला घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बिहान करिब ११ बजे मोटरको स्विच थिच्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी पुनितालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकको शव हाल प्रादेशिक अस्पताल जनकपुरधाममै राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला  प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!