काठमाडौं, ११ कात्तिक । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १६  पुगेको छ । घटनास्थलबाट ८ पुरुष र ६ महिला र २ बच्चाको शव फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

मृत्यु हुनेको सनाखत हुन सकेको छैन । बेपत्ताको खोजीकार्य जारी छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन भएको छैन ।

खचाखच यात्रु लिएर आएको बस गजुरी गाउँपालिकाअन्तर्गत घाटबेँसीको मोडबाट त्रिशूली नदीमा खसेको  जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताए ।  दुर्घटनामा अरु १५ जना घाइते भएका छन् । उनीहरुको गजुरी अस्पताल र केहिलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

घाटबेँसीको बाङ्गेस्थित दुर्घटना भएको स्थानमा त्रिशूली नदी सडक किनार छेउमा आएको र बाटो घुमाउरो भएकाले रात्रि बसले धेरै गतिका कारण नियन्त्रणमा लिन नसकेर नदीमा परेको बताइएको छ ।

राजविराजबाट काठमाडौं आउँदै गरेको ना६ख १४६७ नम्बरको बसअाज बिहान त्रिशुलीमा खसेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!