संगालोखबर
तस्बिर : एआईको सहयोगमा

विराटनगर । वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशका विभिन्न स्थानमा घटेका विपद्का घटनामा परि १ सय ९६ जनाले ज्यान गुमाएका छन् । जसमा अझै चार जना बेपत्ता छन् ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको बुलेटिनअनुसार उक्त अवधिमा कूल ४ हजार ५३ वटा विपद्का घटनाहरू घटेका छन् । जसमा परेर १ हजार २ सय १८ जना घाइते भएका छन् ।

तथ्याङ्क अनुसार सर्पदंश विपद्को मुख्य घातक कारण बनेको छ । उक्त अवधिमा सर्पदंशबाट ५४ जनाको ज्यान गएका छ भने ६ सय ६८ जना घाइते भएका छन् ।

प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार चालु सिजनमा चट्याङका २ सय ३१ वटा घटनामा २५ जनाको मृत्यु र १ सय ३२ जना घाइते भएका छन् । यस्तै लेक लागेर २२ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका प्राधिकरणले जनाएको छ ।

६ सय ८५ वटा पहिरोका घटनामा २० जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता र ३० जना घाइते भएका छन् । जसबाट ५ सय ८६ परिवार प्रभावित भएका छन् ।

आगलागीका कुल १ हजार २४ वटा घटनामा परि २० जनाको मृत्यु र १ सय ३९ जना घाइते भएका प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी जनावरको आक्रमणका २ सय २५ वटा घटनामा १८ जनाको मृत्यु र १ हजार २ सय २० जना घाइते भएका छन् । २ सय बाढीका घटनामा १४ जनाको मृत्यु, ३ जना बेपत्ता र १० जना घाइते भएका प्राधिकरणले जनाएको छ ।

४ सय ८० हावाहुरीका घटनामा १३ जनाको ज्यान गएको छ भने ६८ जना घाइते भएका छन् । यसबाहेक भारी वर्षाबाट ४, ढुङ्गा पल्टिएर २, वन डढेलोबाट १, हिउँ पहिरोबाट १, विस्फोटनबाट १ र अन्य घटनाबाट १ जनाको मृत्यु भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!