
विराटनगर । विराटनगरका पत्रकार पुष्पराज थपलियालाई जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रेस चौतारी मोरङले यस वर्षको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार थपलियालाई प्रदान गरेको हो ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपको प्रमुख आथित्यतामा आज भएको विशेष कार्यक्रममा थपलियालाई १५ हजार पाँच सय राशीको पुरस्कार प्रदान गरिएको छ ।
मोरङको पत्रकारिता, प्रेस तथा नागरिक स्वतन्त्रताको क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेर मुलुकको अग्रगामी परिवर्तनको आन्दोलनमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै थपलियालाई पुरस्कार प्रदान गरिएको हो ।
उनलाई मन्त्री लिङ्थेप, पुरस्कार छनोट समितिका संयोजक सुमन सुस्केरा, प्रेस चौतारी मोरङ अध्यक्ष चीना थापा, स्व. जनार्दन मैनालीकी धर्मपत्नी कमला मैनालीले पुरस्कार हस्तान्तरण गरेका छन् ।

संगालोखबर 













