
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-७ विशाल चोकस्थित सडक छेउको फलैँचामा वृद्ध मृत फेला परेका छन् । सुन्दरहरैँचा नगरपालिका-१ का ७० वर्षीय वीरबहादुर कुमाल फलैँचामा मृत भेटिएका हुन् ।
बिहीबार राति फेला परेको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको थियो । पोस्टमार्टमपछि आज शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । मृत्युको कारण खुलिनसकेको र पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि थप कुरा खुल्ने प्रहरीले जनाएको छ ।

संगालोखबर 













