संगालोखबर

विराटनगर । विराटनगरका युवा उद्यमी रोमन कट्टेल नेपाल युवा उद्यमी मञ्च विराटनगरको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । गएराती विराटनगरमा सम्पन्न मञ्चको २२ औं अधिवेशनले युवा उद्यमी कट्टेलको नेतृत्वमा १३ सदस्यीय समिति निर्वाचित गरेको हो ।

प्रणाम ग्रुप सम्बद्ध कृष्ण दाना उद्योग, प्रणाम इँटा लगायत विभिन्न उद्योगको नेतृत्व सम्हाल्दै आएका कटेल यसअघि मञ्चको प्रथम उपाध्यक्ष थिए । संजिव सिंग्देल नेतृत्वको समितिमा प्रथम उपाध्यक्ष रहेर सफलतापूर्वक भूमिका निर्वाह गरेका कटेललाई अधिवेशनले सर्वसम्मत अध्यक्ष बनाएको हो ।

अधिवेशनबाट मञ्चको प्रथम उपाध्यक्षमा रितेश खनाल र द्वितीय उपाध्यक्षमा सम्यम श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा सागरराज ढुंगाना, अर्नेस्ट श्रेष्ठ, उत्कृष्ट भट्टराई, अंकिता गिरी, अनुभव दाहाल, श्लोक रिजाल, धीरज शर्मा, हेमन्त अग्रवाल र बिकिमा कर्मचार्य चयन भएका छन् ।

कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, युवा उद्यमी मञ्च विराटनगरका संस्थापक अध्यक्ष सुयस प्याकुरेल, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी लगायतले नयाँ कार्यसमितिलाई बधाइसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!