संगालोखबर


विराटनगर । विराटनगरमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको आयोजनामा कविता प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थी परिषद् पूर्वाञ्चल कलेज अफ ल एकाइ समितिको आयोजनामा गुरुपूर्णिमाको अवसरमा गुरु सम्मान एवं कविता वाचन प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा १० जना प्रतियोगीहरू सहभागि थिए । जसमध्ये चिनु काफ्ले प्रथम हुँदा निशु कार्की द्वितीय र सौगात घिमिरे तृतीय भए । धिरज पटेलले सान्त्वना स्थान हासिल गरेका कार्यक्रम संयोजक प्रीति मिश्रले जानकारी दिइन् ।

पूर्वाञ्चल कलेज अफ ल का डाइरेक्टर दीपक कुमार खतिवडाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा विद्यार्थी परिषद्की राष्ट्रिय सचिव मुना बिष्ट, राष्ट्रिय सचिव एवं कोशी प्रदेश संगठन सचिव मनिष बन्जाडे लगायत कलेजका शिक्षक-शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!