संगालोखबर

विराटनगर  । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएकाहरूलाई स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले भेट गरेकी छन् ।

Advertisement

आज विराटनगर आएकी उनले अस्पताल पुगेर घाइतेहरूलाई भेटेर अवस्था बुझेकी हुन् । घाइते भेटपछि अस्पताल प्रशसानलाई उनीहरूको उपचारमा कुनै कमजोरी हुन नदिन मन्त्री मेहताले निर्देशन दिइन् ।

देवानगञ्ज घटनामा प्रहरीको गोली लागेर घाइते भएकाहरूको विराटनगरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मन्त्री मेहताले घाइतेको उपचार खर्च सरकारले बेहोर्ने बताएकी छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!