संगालोखबर
साङ्केतिक तस्बिर

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-४ खोर्सानीबारीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । करेन्ट लागेर स्थानीय ६५ वर्षीया पवित्रा बास्तोलाको बुधबार साँझ मृत्यु भएको हो ।

आफ्नै घरमा रहेको घाँस काट्ने मेसिनलाई हातले छुने क्रममा साँझ ६ बजेतिर उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएकी बास्तोलालाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो ।

Advertisement

उपचारकै क्रममा उनलाई चिकित्सकले साँझ ७ः२० बजेतिर मृत घोषणा गरेका हुन् । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!