संगालोखबर


विराटनगर । विराटनगरको काली मन्दिरको अतिक्रमित जग्गा र सो जग्गामा पुजारीले बनाइएको घर स्थानीय प्रशासनले खाली गराएको छ ।  उच्च अदालत विराटनगरको फैसला कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले आज जग्गा र भवन खाली गरेको हो ।

अतिक्रमण गरी घर बनाएको जग्गा र घर मन्दिर समितिलाई हस्तान्तरण गरिएको छ । मन्दिरको पश्चिमतर्फ रहेको करिब साढे १२ धुर जग्गा २०४२ सालको नापीका क्रममा तत्कालीन पुजारी केशवप्रसाद ढकालको नाममा दर्ता भएको थियो ।

Advertisement

पुजारीको निधनपछि उनकी श्रीमती उमादेवीले उक्त जग्गा बिक्री गर्न खोजेपछि मन्दिर समिति अदालत गएको थियो ।  अदालतले जग्गा मन्दिरकै नाममा हुने फैसला गरेपछि प्रशासनले भवन खाली गराएको हो ।

मन्दिर व्यवस्थापन समितिले अब उक्त भवनलाई मर्मत गरी ‘धर्मशाला’ मा परिणत गर्ने जनाएको छ । समितिका अनुसार धार्मिक तथा सामाजिक प्रयोजनका लागि आउने श्रद्धालु र पाहुनालाई लक्षित गर्दै भवनको उपयोग गरिने छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!