संगालोखबर


विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-२ बाट प्रहरीले भरुवा बन्दुक र त्यसमा प्रयोग हुने विष्फोटक पदार्थ बरामद गरेको छ । प्रहरीले सुनझोडा सामुदायिक बनबाट वेवारिसे अवस्थामा बन्दुक र विष्फोटक पदार्थ बरामद गरेको हो ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार सुनझोडा सामुदायिक बनमा चोरी सिकारी हुने गरेको विशेष सूचना प्राप्त भएको थियो ।

Advertisement

सोही आधारमा खटिएको प्रहरी टोलीले जंगलमा बोराभित्र लुकाएर राखिएको अवस्थामा भरुवा बन्दुक बरामद गरेको डीएसपी मिश्रले जानकारी दिए ।

बरामद बन्दुक र विष्फोटक पदार्थ इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ । घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!