
विराटनगर । मोरङको जहदा गाउँपालिका-१ बाट सशस्त्र प्रहरीले गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) मधुमल्लाबाट खटिएको टोलीले आज बिहानको राति १० किलो गाँजा बरामद गरेको हो ।
सशस्त्रले नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा मानिसलाई देखेको थियो । तर, सशस्त्रलाई देख्नासाथ झोला फ्याँकेर ओसार-पसारमा संलग्न व्यक्ति फरार भएका थिए ।
सशस्त्रले झोला चेकजाँच गर्दा गाँजा फेला परेको जनाएको छ । सशस्त्र प्रहरीले ओसार-पसारमा संलग्न व्यक्तिको खोजी तीव्र पारेको छ । बरामद भएको गाँजा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा पठाइएको सशस्त्रले जनाएको छ ।

संगालोखबर 



















