संगालोखबर


विराटनगर । विराटनगर-१८ झटियाही बुधनगरबाट पेस्तोल र लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ५९ वर्षीय लालकिशोर यादव छन् ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार आज बिहानको राति उनलाई घरबाटै पक्राउ गरिएको हो । यादवको घरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले छापा हानेको थियो ।

Advertisement

घरको कोठा खानतलासी गर्दा एक थान कटुवा पेस्तोल, लागूऔषध खैरो हेरोइन ३ ग्राम ०७ मिलिग्राम र ८ ग्राम ४८ मिलिग्राम गाँजा बरामद भएको डीएसपी मिश्रले बताए ।

पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । उनीविरुद्ध हातहतियार खरखजना र लागूऔषध ऐन अन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!