संगालोखबर


विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-१० स्थित सुकुना माध्यमिक विद्यालयका छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका चार जनामाथि बालबालिका विरुद्धको कसूरमा मुद्दा अघि बढाइएको छ ।

विद्यालयका शिक्षक, कर्मचारी र चालकसहित चार जनालाई नियन्त्रणमा लिएर बालबालिका विरुद्धको कसूर अन्तर्गत कानुनी प्रक्रिया अघि बढाएको हो ।

Advertisement

पक्राउ पर्नेहरूमा विद्यालयका विज्ञान शिक्षक किशोरलाल गच्छदार, नृत्य प्रशिक्षक भिम प्रसाद नेपाल, लेखापाल अबिरल मास्के र सवारी चालक प्रदीप भट्टराई छन् । प्रहरीले उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि आज जिल्ला अदालत माेरङमा उपस्थित गराएको थियो।

अदालतले बालबालिका विरुद्धको कसूरमा मुद्दा चलाउन पाँच दिनको म्याद थप गरेकाे छ । म्याद थप भएसँगै उनीहरूमाथि अनुसन्धान तीव्र बनाएको माेरङ प्रहरीका डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!