सुर्खेत, १० कात्तिक । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रले सुर्खेत जिल्लामा दुई वटा निर्वाचन क्षेत्र माग गरेको छ। प्रदेश वा प्रतिनिधिसभा जुनमा भए पनि दुईवटा निर्वाचन क्षेत्र आफूलाई चाहिने माओवादीले बताएको छ।

सुर्खेतमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ र प्रदेशसभा निर्वाचन क्षेत्र ४ वटा रहेको छ। वाम गठबन्धनबाट आफूहरुले कम्तीमा दुईवटा निर्वाचन क्षेत्र पाउनुपर्ने माओवादीले दावी गरेको छ।

बिहीबार बसेको माओवादी केन्द्र सुर्खेतको जिल्ला समितिको बैठकले जिल्लामा आफूहरुले प्राप्त गरेको मतका आधारमा स्वभाविक रुपमा २ सिट पाउनुपर्ने निश्कर्ष निकालेको हो।

माओवादी केन्द्रका जिल्ला संयोजक कृष्ण जिसी जितेन्द्रले प्रदेश नम्बर ६ का १० जिल्लामा माओवादीको सबैभन्दा धेरै मत सल्यान र दोस्रो भोट रुकुम र तेस्रो भोट सुर्खेतमा प्राप्त भएकाले सुर्खेतमा दुई सिट पाउनुपर्ने माग जायज भएको बताए।

‘सम्मानजनक भागवण्डा हुनुपर्छ। माओवादी केन्द्र सुर्खेतले प्रदेश र प्रतिनिधिसभामध्ये जुनमा भए पनि २ सिट नपाए सबै क्षेत्रमा उम्मेदवारी दिन्छौं।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!