संगालोखबर


विराटनगर । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानका नवनियुक्त पदाधिकारीहरूले सपथ ग्रहणसँगै नियुक्ति पत्र लिएका छन् । कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा भएको कार्यक्रममा उनीहरूले सपथसँगै नियुक्ति लिएका हुन् ।

उनीहरूलाई सोमबार आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले सपथ खुवाएका हुन् । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल र प्रेस रजिस्ट्रारमा लिलाराज भट्टराई नियुक्त भएका थिए । उनीहरूले यसअघि नै सपथ र नियुक्ति लिइसकेका छन् ।

Advertisement

सदस्यमा शान्ति दाहाल (मोरङ), ध्रुव ढकाल (सुनसरी), रमेशचन्द्र अधिकारी (धनकुटा), अर्जुन राजवंशी र विष्णुप्रसाद पोखरेल (झापा), माला पालुङ्वा (ताप्लेजुङ) र रेणु पराजुली (उदयपुर) ले सपथसँगै नियुक्ति लिएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले प्रतिष्ठानमा नियुक्त भएका सबै पदाधिकारीलाई इमानदारिताका साथ काम गर्न आग्रह गरे । सरकारसँगै रहेको बताउँदै मन्त्री पराजुलीले सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले प्रतिष्ठानले प्रदेशभित्रको पत्रकारिता क्षेत्रको विकास, प्रवर्द्धन र साञ्चारकर्मीहरूको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका राज्यमन्त्री उमाकान्त गौतम, प्रदेश सरकारका प्रतिनिधि, मन्त्रालयका उच्च पदाधिकारी तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!