
विराटनगर । विराटनगर-८ हाटखोलास्थित बगैँचा रिसोर्टको स्विमिङ पुलमा डुबेर त्यहाँ कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । सोही रिसोर्टमा कुकको रूपमा कार्यरत सुनसरीको बर्जु गाउँपालिकाका २१ वर्षीय गजेन्द्र यादवको सोमबार बिहान मृत्यु भएको हो ।
मोरङ प्रहरीका डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार यादव बिहान एक्लै स्विमिङ पुलमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा अचानक शरीरले काम नगरेजस्तो स्थिति भएपछि उनी पानीमा डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
कार्यरत कर्मचारीकै रिसोर्ट परिसरभित्र मृत्यु भएपछि अहिले सो क्षेत्र शोकपूर्ण बनेको छ । प्रहरीले शवको कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप सोधपुछ र छानबिन गरिरहेको छ ।

संगालोखबर 



















