संगालोखबर


विराटनगर । प्रेस चौतारी नेपाल मोरङले हरेक वर्ष प्रदान गर्दै आएको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पत्रकार पुष्पराज थपलियालाई प्रदान गरिने भएको छ । विराटनगरलाई कर्मथलो बनाएर लामो समयदेखि सक्रिय पत्रकारिता गर्दै आएका थपलियालाई पुरस्कार प्रदान गर्न लागिएको हो ।

पत्रकारिता क्षेत्रमा थपलियाले पुर्याएको योगदानको कदर गर्दै यस वर्षको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रेस चौतारी मोरङले जनाएको छ । पुरस्कार आगामी साउन १५ गते आयोजित विशेष कार्यक्रममा प्रदान गरिनेछ ।

Advertisement

प्रेस चौतारी मोरङको बैठकले थपलियालाई १५ हजार ५ सय राशीको पत्रकारिता पुरस्कार दिने निर्णय गरिएको सचिव नवराज भट्टराईले जानकारी दिए । प्रेस चौतारी मोरङका संस्थापक सदस्य समेत रहेका थपलिया विराटनगरबाट सञ्चालित खबर पूर्वाञ्चल अनलाइन पोर्टलका सञ्चालक हुन् ।

जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कारबाट यसअघि दिपेन नेउपाने, महेन्द्र विष्ट, ललिता भट्टराई, नरेन्द्र दाहाल, केदार चौहान, बन्धु पोखरेल, धर्मराज ढकाल, गणेश लम्साल, भूपेन्द्र तिम्सिना, रामचन्द्र अधिकारी, कमल रिमाल, किशोर बुढाथोकी, जगन्नाथ भट्टराई, तेजेन्द्र भण्डारी, सुदीप कोइराला लगायत पुरस्कृत भइसकेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!