संगालोखबर


विराटनगर । रोटरी क्लब अफ विराटनगर मिडटाउनले कोशी अस्पतालका बिरामीहरूलाई फलफूलसहित विभिन्न सामग्री वितरण गरेको छ । अस्पतालको प्रसुती वार्डमा सुत्केरी गराउन आएका र सुत्केरी भएकाहरूलाई आज फलफूल, मच्छडदानी, सेनटरी प्याड, वेवी डाइपर लगायत वितरण गरिएको हो ।

सुत्केरी र नवजात शिशुको स्वास्थ्यलाई ध्यान दिँदै विभिन्न सामग्री वितरण गरिएको रोटरी क्लब अफ विराटनगर मिडटाउनका प्रतिनिधि एवं समाजसेवी प्रदिप अग्रवालले जानकारी दिए ।

Advertisement

सो अवसरमा रोटरी क्लबका पदाधिकारीहरू सुशीलप्रसाद रिजाल, रामअवतार अग्रवाल, राजु गोयल, प्रनिश अग्रवाल, संजय बंशल, प्रदिप अग्रवाल, मनोज मण्डल लगायतले सामग्री वितरण गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!