
काठमाडौं । अब सरकारी जागिरबाट पेन्सन पकाएका कर्मचारीहरूले फेरि करारमा काम गर्न नपाउने भएका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै निकायमा परिपत्र जारी गर्दै यस्तो जनाएको हो ।
कुनै पनि सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान प्राप्त गरिसकेका वा हाल निवृत्तिभरण पाइरहेका करारका कर्मचारीहरूलाई २०८३ साउन १ गतेदेखि सेवा निरन्तरता नदिने निर्णय भएको पत्रमा उल्लेख गरेको छ ।
मन्त्रालयले कार्यान्वयनका लागि सम्बन्धित सबै निकायमा पठाएको परिपत्रमा पेन्सन पाएर करारमा काम गरिरहेका कर्मचारीहरूलाई धन्यवादसहित बिदाइ गर्ने निर्णय सरकारले गरेको उल्लेख छ ।
निवृत्तिभरण वा उपदान नपाउने तर हाल करारमा कार्यरत रहेका कर्मचारीहरूलाई अर्को व्यवस्था नभएसम्मका लागि सम्बन्धित निकायमै करार सम्झौता गरी ‘पुल’ मा राखिने जनाइएको छ ।

संगालोखबर 



















