
विराटनगर । फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा भरे राति इङ्ग्ल्यान्ड र अर्जेन्टिना खेल्दैछन् । यो खेल राति पौने १ बजे अमेरिकाको एटलान्टा रङ्गशालामा शुरु हुनेछ ।
क्वाटरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई र इङ्ग्ल्यान्डले नर्वेलाई हराउँदै अन्तिम चारमा पुगेका थिए । इङ्ग्ल्यान्ड ६० वर्षपछि दोस्रो पटक विश्वकपको फाइनलमा पुग्ने र साविक विजेता अर्जेन्टिना उपाधि जित्ने लक्ष्यमा छ ।
विश्वकपमा यी दुई टोलीबीच अहिलेसम्म ५ पटक प्रतिस्पर्धा भएका छन् । जसमा इङ्ग्ल्यान्ड ३ र अर्जेन्टिना २ खेलमा विजयी भएका छन् । विश्वकपमा इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच २४ वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो ।
यी दुईबीचको खेललाई विश्वकपकै सबैभन्दा चर्चित मानिन्छ । आजको खेलका लागि अकल्यान्डमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

संगालोखबर 



















