संगालोखबर

विराटनगर । कोशी प्रदेश सरकारले ‘प्रदेश सञ्चार प्रतिष्ठान’ गठन गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको अध्यक्ष, रजिस्ट्रार र सदस्यहरू नियुक्त गरेको हो ।

Advertisement

प्रतिष्ठानको अध्यक्षमा मोरङका पत्रकार दीपक दाहाल र प्रतिष्ठानको प्रदेश प्रेस रजिष्ट्रार पदमा सुनसरीका पत्रकार लिलाराज भट्टराईलाई नियुक्त गरिएको कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए ।

गठित प्रतिष्ठानको सदस्यहरूमा रमेशचन्द्र अधिकारी (धनकुटा), शान्ति दाहाल (मोरङ), माला पालुङ्वा (ताप्लेजुङ), रेणु पराजुली (उदयपुर), विष्णुप्रसाद पोखरेल (झापा), अर्जुन राजवंशी (झापा) र ध्रुब ढकाल (सुनसरी) छन् ।

कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८२ अनुसार नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।

राजपत्रमा उल्लेखित प्रस्तावना अनुसार प्रदेशभित्र स्थापना हुने वा स्थापना भई सञ्चालनमा रहेका आम सञ्चार माध्यमको दर्ता, नवीकरण, नियमन, अनुगमन तथा अभिलेखीकरणको व्यवस्था गर्न यो ऐन ल्याइएको हो ।

स्वतन्त्र, निष्पक्ष, मर्यादित र नागरिकप्रति जवाफदेही आमसञ्चार माध्यमको विकास र प्रवर्द्धनका लागि आमसञ्चार क्षेत्रसँग समन्वय कायम गर्ने तथा क्रियाशील पत्रकार वा जनशक्तिको व्यावसायिक हित अभिवृद्धि गर्न कोशी प्रदेश सभाले यो ऐन बनाएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!