
विराटनगर । जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मौसम पूर्वानुमान अनुसार आज देशका प्रमुख सहरहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।
आज दिउँसो र रातिको समयमा विभिन्न सहरहरूमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको हो ।
आज दिउँसो काठमाडौंमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना ७० प्रतिशत छ भने रातिको समयमा ६० प्रतिशत वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
पोखरा, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जिरी र ताप्लेजुङमा आज दिउँसो वर्षाको सम्भावना ८० प्रतिशत छ । यी सबै सहरहरूमा दिउँसो मेघगर्जनसहित मध्यम वर्षा हुने छ भने रातिको समयमा पनि मध्यम वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।


संगालोखबर 



















