संगालोखबर
फाइल तस्बिर

विराटनगर । आज राति कोशी र बागमती प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार भारी देखि अति भारी वर्षाको सम्भावना देखिएको हो ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थान तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागको एक/दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Advertisement

यस्तै कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ । यस्तै भोलि पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थान तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भोली राति कोशी र बागमती प्रदेशको पहाडी र तराई भू-भाग तथा मधेश प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षा साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यस्तै कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!