संगालोखबर


विराटनगर । कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएको छ । कलाकार दीपकराज गिरीले उनलाई यो साता ब्रेन ट्युमर भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

चलचित्र सुटिङको बिचमा दीपालाई ब्रेन ट्युमर भएको पत्ता लागेको उनले उल्लेख गरेका छन् । उनको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा शल्यक्रिया गरिएको छ ।

Advertisement

‘दीपाजीलाई ब्रेन ट्युमर भएको पत्ता लागेपछि हामी अन्यौलमा पर्यौँ । तुरुन्त शल्यक्रिया गर्नु पर्ने भयो’, उनले लेखेका छन्, ‘धेरै ठाउँबाट भारत जाने सल्लाह पाइयो । तर अन्त्यमा नेपालकै अनुभवी डाक्टर वसन्त पन्तद्वारा शल्यक्रिया गर्ने निर्णय भयो ।’

गिरीले दीपाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भइसकेको बताएका छन् । ‘शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो, हाल उहाँ आईसीयूबाट जनरल वार्डमा आएर स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ ।’ उनले लेखेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!