
काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर घर पुर्याइदिएको छ ।
विमानस्थलमै समसामयिक विषयमा बोल्न पत्रकार सम्मेलन गर्ने तयारी गरेपछि उनलाई प्रहरीले सिधै घर पुर्याइदिएको हो ।
उनले बालेन्द्र शाह नेतृत्वको सरकारको पछिल्लो विवादित गतिविधिबारे कडा टिप्पणीको तयारी गरेका थिए । आज गृहजिल्ला झापाबाट काठमाडौं फर्किएका प्रसाईंले विमानस्थलमै समसामयिक राजनीतिक घटनाक्रमबारे बोल्ने योजनासहित पत्रकार सम्मेलन गर्न लागेका थिए ।
तर प्रहरीले उनलाई विमानस्थलमा पत्रकार सम्मेलन गर्न नदिई नियन्त्रणमा लिएर भक्तपुरस्थित ठिमी स्थित निवासमा पुर्याएको हो ।

संगालोखबर 



















