संगालोखबर


विराटनगर । जेनजी अभियन्ता माजिद अन्सारीको रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङमा धर्ना दिने क्रममा पक्राउ परेका २६ जना जेनजी अभियन्ता रिहा भएका छन् । शनिबार राति कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना दिने क्रममा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिइएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले उनीहरूलाई छाडिएको जानकारी दिए । ‘धर्नाका क्रममा हट्न आग्रह गर्दा नहटेपछि राति नियन्त्रणमा लिएका थियौं’, उनले संगालोखबरसँग भने, ‘अब यस्तो नगर्ने सर्तमा अभिभावकको जिम्मा लगाएका छौं ।’

Advertisement

काठमाडौँको कीर्तिपुरस्थित सुन्दरीघाट होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुम्बासीहरूको अवस्था बुझ्न गएका बेला माजिद अन्सारी, सरिश्मा थापा र नहेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको थियो । त्यसैको विरोधमा विराटनगरमा जेनजी अभियन्ताहरूले धर्ना दिएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!