
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ८७ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला चार हजार चार सय ७५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार पाँच सय १० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 


















