
विराटनगर । जेनजी अभियन्ता माजिद अन्सारीको रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङको गेट अगाडि धर्ना दिन पुगेका २६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार साँझ प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना दिने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार, कार्यालयको मुख्य गेटमा आवागमन नै प्रभावित हुने गरी प्रदर्शन गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेकाहरू सबै जेनजी समूहका अभियन्ताहरू रहेका छन् । काठमाडौँको कीर्तिपुरस्थित सुन्दरीघाट होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुम्बासीहरूको अवस्था बुझ्न गएका बेला माजिद अन्सारी, सरिश्मा थापा र नहेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको थियो । त्यसैको विरोधमा विराटनगरमा जेनजी अभियन्ताहरूले धर्ना दिएका थिए ।



संगालोखबर 



















