संगालोखबर


विराटनगर । मोरङको जहदाबाट सशस्त्र प्रहरीले कारबाट गाँजा बरामद गरेको छ । जहदा गाउँपालिका-१ नयाँ बस्तीबाट सशस्त्र प्रहरीले बिहीबार राति बा १२ च ७५५२ नम्बरको कारसहित गाँजा बरामद गरेको हो ।

सशस्त्रलाई देख्‍नासाथ चालक भने कार छाडेर फरार भएका छन् । सशस्त्र प्रहरी बल नेपाल बीओपी मधुमल्लाबाट खटिएको गस्ती टोलीले नयाँ बस्तीबाट कुलरिया नाका हुँदै भारततर्फ जाँदै गरेको कारलाई नियन्त्रणमा लिएको हो ।

Advertisement

कार नियन्त्रणमा लिएर चेकजाँच गर्दा सिटमुनि लुकाएर राखिएको १९ किलो ३२० ग्राम गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्रका अनुसार कागजमा प्याक गरिएको शंकास्पद वस्तु पहेँलो रङको धुलो ६० ग्राम पनि फेला परेको छ ।

गाँजा र शंकास्पद वस्तु पहेँलो धुलोसहितको कारलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ । कार चालकको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!