
विराटनगर । आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार सात सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला एक सय ६० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला चार हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला चार हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 

















