
विराटनगर । आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ८७ हजार एक सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य ५५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला चार हजार पाँच सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला चार हजार पाँच सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 

















