संगालोखबर
तस्बिर : एआईको सहयोगमा

विराटनगर । मोरङको उर्लाबारीमा दुई जना बालबालिकालाई मन्दिरको फलामे पिलरमा बाँधेर यातना दिएको आरोपमा दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

मोबाइल चोरी गरेको आरोप लगाउँदै बालबालिकालाई यातना दिने झापाको शिवसताक्षी नगरपालिका-३ का २० वर्षीय निशान कार्की र १८ वर्षीय सुमन बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार सोमबार राति करिब ८ बजेतिर उर्लाबारी नगरपालिका-३ स्थित गुरु गोरक्षनाथ मन्दिरमा ७ वर्षीय रवि उराउ र ६ वर्षीया चाँदनी उराउलाई प्लास्टिकको डोरीले हातखुट्टा बाँधेर राखिएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो । दुवै बालबालिका उर्लाबारी-३ निवासी हुन् ।

प्रहरीले बालबालिकाको उद्धार गरी आफन्तको जिम्मा लगाएको जनाएको छ । प्रारम्भिक परीक्षणका क्रममा उनीहरूको खुट्टामा सामान्य निलडाम देखिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न आरोपित दुबै जनालाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!