
विराटनगर । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार रुपैयाँ कायम भएको छ । सोमबार सुन तोलाको दुई लाख ८९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला चार हजार पाँच सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला चार हजार पाँच सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 

















