
विराटनगर। माेरङकाे लेटाङ नगरपालिका-४ स्थित एक घरमा दुई वटा कटुवा पेस्ताेल बरामद भएकाे छ । पुरानो बसपार्क नजिक रहेको लामो समयदेखि कोही नबस्ने घरको छतबाट पेस्तोल बरामद भएको हो ।
आइतबार अपराह्न करिब ४ बजे बालबालिका खेल्ने क्रममा रामलखन साहको एकतले पक्की घरको छतमा पेस्ताेल भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनाकाे जानकारी पाउनसाथ खटिएकाे प्रहरी टाेलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी खिया लागेर जिर्ण अवस्थामा रहेका दुई थान कटुवा पेस्तोल बरामद गरेकाे छ ।
बरामद भएका हतियार कसले, कहिले र किन राखेको भन्ने खुल्न बाँकी छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।

संगालोखबर 

















