
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य प्रतिताेला सात हजार दुई सय रुपैयाँ बढेकाे हाे ।
आज सुनकाे मूल्य दुई लाख ९० हजार सात सय कायम भएकाे छ । बिहीबार सुन प्रतिताेला दुई लाख ८३ हजार पाँच सय रुपैयाँमा काराेबार भएकाे थियाे ।
आज चाँदीकाे मूल्य चार हजार छ सय १५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियाे ।

संगालोखबर 















