संगालोखबर


विराटनगर । कोशी प्रदेशस्तरीय पौडी प्रतियोगितामा जिल्लालाई प्रथम बनाउन भूमिका खेलेको भन्दै एभरेष्ट स्कुलबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई सम्मान गरिएको छ । मोरङ जिल्लाको प्रतिनिधित्व गर्दै प्रथम बनाउन भूमिका निर्वाह गरेका ६ खेलाडीलाई सम्मान गरिएको हो ।

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले विद्यार्थीहरूलाई अबिर र खादा लगाएर सम्मान गरे । प्रदेशमा जिल्लालाई प्रथम बनाउन विद्यार्थीहरूले खेलेको भूमिकाले एभरेष्टको गरिमा समेत बढेको उनले बताए ।

Advertisement

कोशी प्रदेश पौडी सङ्घको आयोजनामा असार १६ र १७ गते सुनसरीको इटहरी स्थित ओसियन पार्कमा सम्पन्न प्रतियोगितामा एभरेष्ट मोरङ प्रथम भएको थियो । जसमा एभरेष्ट स्कुलबाट जिल्लास्तरीय टिममा सहभागी ६ खेलाडीले ३ स्वर्णसहित १६ पदक जितेका थिए ।

एभरेष्टका तर्फबाट आरध्य पाण्डेले २ वटा स्वर्ण पदक जितेकी थिइन् । यस्तै धावा तामाङले १ स्वर्ण ४ वटा रजत, १ काश्य पदक जितेका छन् । कृतक बास्तोलाले २ वटा रजत पदक जितेका छन् ।

एभरेष्टका ओनस प्रधानले ५० र १०० मिटर ब्याकस्ट्रोक गर  २ काश्य पदक जितेका हुन् । अर्का खेलाडी हर्षित सिंहले २०० मिटर ब्रेस्टस्ट्रोकमा रजत पदक हासिल गर्दा एभरेष्टकै युवन श्रेष्ठले २५ र ५० मिटर फ्रिस्टाइलमा काश्य पदक जितेका विद्यालयकी अतिरिक्त क्रियाकलाप इन्चार्ज सुधा डंगोलले जानकारी दिइन् ।

१४ जिल्ला सहभागि रहेको प्रतियोगितामा मोरङ प्रथम हुँदा भोजपुर दोस्रो र झापा तेस्रो भएका प्रतियोगिताका अनुगमन सुपरीवेक्षक इन्द्र राजभण्डारीले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!