
विराटनगर । आज कोशी प्रदेशका ६ सहित देशका २६ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यका तीन जिल्लासहित सिन्धुपाल्चोक, लमजुङ, कास्की, दाङ, बाँके, बर्दिया, कैलालीमा बाढीको जोखिम देखिएको हो ।
त्यस्तै काभ्रे, धादिङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, गोरखा, चितवन, तनहुँ, नवलपरासी–पश्चिम, रूपन्देही, कपिलवस्तु, कञ्चनपुर, डडेलधुरा र आसपासका जिल्ला भई बहने स-साना नदीमा पनि पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।
मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँमा पानी परेको छ । हिजोदेखि नै शुरु भएको पानी पर्नेक्रम भोलिसम्म नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर पूर्णतया बादल लागेर कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

संगालोखबर 
















