
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँ घटेको हो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ७७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला चार हजार दुई सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला चार हजार दुई सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 
















