संगालोखबर

विराटनगर । नेपाल विद्युत प्राधिकरणले बत्ती नकाटी विद्युत लाइन मर्मत गर्ने प्रविधि प्रयोगमा ल्याएको छ । नेपालमै पहिलो पटक आइतबार लुम्बिनी प्रादेशिक कार्यालयबाट यस्तो प्रविधि प्रयोगमा ल्याइएको हो ।

Advertisement

पहिलो पटक बुटवल उपमहानगरपालिका-११, कालिकानगरस्थित ११ केभी लाइनमा बत्ती नकाटी मर्मत गरिएको छ । सो अवसरमा तालिम प्राप्त कर्मचारीले अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरी लाइन मर्मत सम्भार गरेका थिए ।

चालु अवस्थाको विद्युत लाइनमा अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरी मर्मत सम्भार थालिएको हो । यसलाई अन्य क्षेत्रमा पनि विस्तार गर्ने प्राधिकरणको योजना छ ।

हाललाई नमुनाको रुपमा सुरुवात गरिएको यो कामलाई प्रभावकारिता र आवश्यकताको आधारमा विशेष गरि सहरी क्षेत्रको नियमित मर्मत सम्भारको काममा प्रयोग गर्ने प्राधिकरणले जनाएको छ ।

यो प्रविधिले लाइन मर्मतका वेला लाइन कटौती गर्ने परिपाटीको अन्त्य भई उपभोक्ताहरूले नियमित र भरपर्दो रुपमा विद्युत सुविधा प्राप्त गर्नेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!