
विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता ताजिम अन्सारी कारागार चलान भएका छन् । शुक्रबार जिल्ला अदालत माेरङमा हाजिर भएका अन्सारीलाई न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि कारागार चलान गरिएको हो ।
जेनजी आन्दाेलनमा आगजनीमा संलग्न भएको भिडियो सार्वजनिक भएपछि उनी पक्राउ परेका थिए । पक्राउ परेको केही दिनमा हाजिरजमानीमा छुटेका उनीसहितलाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता भएकाे थियो ।
अन्सारीमाथि नापी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयमा आगजनी एवं तोडफोड गरेको दुईवटा छुट्टाछुट्टै मुद्दा दर्ता भएका थिए । नापी कार्यालयसँग सम्बन्धित मुद्दामा अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
सरकारी वकिल कार्यालयको मुद्दामा ३ लाख रुपैयाँ धरौटी माग गरेको थियो । एउटा मुद्दामा थुनामा पठाउने आदेश भएपछि उनले धरौटी रकम बुझाएनन् ।

संगालोखबर 



















