संगालोखबर

विराटनगर । विराटनगरको परोपकार घाटस्थित शव जलाउन चिता बनाउने स्थानमा सोमबार मध्यराति अनौठो दृष्य देखियो । राती १२ः३० बजेको समयमा युवाहरू कोही नाङ्गै थिए भने कोही अर्धनग्न अवस्थामा ।

Advertisement

चिता जलाउँने ठाउँमा आगो बालेर वरिपरि बसेका उनीहरु एकआपसमा वादविवाद र होहल्ला गर्न थालेपछी स्थानीय पुगे । तर, नसामा रहेको जस्तो देखिने उनीहरूले उल्टै अश्लील शब्द बोल्दै तथानाम गाली गरेपछि स्थानीयवासी त्यसै फर्किए ।

कालो फेटा बाँधेको ती युवाहरूको अनौठो हर्कत देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरे । तर, राती प्रहरी आएन । पछि घटनाको अनुसन्धान गरेर अश्लिल हर्कत गर्ने युवाहरूको पहिचान गरी  प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर-६ का ४४ वर्षीय सुरेन्द्रमणि मण्डल, सुनसरीको रामधुनी-६ का २५ वर्षीय कैलाश ढुंगाना, भोजपुरको रामप्रसाद राई गाउँपालिकाका-६ का १८ वर्षीय मानिस काफ्ले र विराटनगर-४ का ४४ वर्षीय छविलाल घिमिरे छन् ।

आफूहरू पाथीभरा मन्दिर पुगेर आएको र शिवजी बन्न साधना गरेको उनीहरूले प्रहरी समक्ष प्रारम्भिक बयान दिएका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!