संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको रंगेली नगरपालिका-१ स्थित कोचनी खोलामा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला परेको छ । रंगेली-१ का अनिल खवासकी ७ वर्षीया छोरी एलिना खवासको शव फेला परेको हो ।

प्रहरीका अनुसार सोमबार साँझ एलिना स्थानीय सञ्जीव चौधरीकी ८ वर्षीया छोरी साबितीसँग कोचनी खोलामा पौडी खेल्न गएकी थिइन् ।

Advertisement

पौडी खेल्ने क्रममा एलिना खोलामा डुबेर बेपत्ता भएकी थिइन् । खोजी गर्ने क्रममा राति ११ बजेतिर उनको शव फेला परेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

उनका अनुसार डुबेर बेपत्ता भएको स्थानबाट करिब सय मिटर तल स्थानीय बासिन्दाले बालिकाको शव फेला पारेका हुन् । शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!