संगालोखबर


विराटनगर । मोरङको कटहरीस्थित हुलाकी राजमार्गमा एकै स्थानमा तीनवटा मालबाहक ट्रक फसेका छन् । हुलाकी सडकको हाटखोला-कटहरी खण्डमा तीनवटा ट्रक फसेपछि सवारी आवागमन अवरुद्ध भएको छ ।

वर्षाका कारण कटहरी क्षेत्रको हुलाकी सडकमा दिनहुँ सवारी फस्ने गरेका छन् । आज तीनवटा ट्रक एकैसाथ खाल्डोमा फसेका कारण सवारी आवागमन प्रभावित भएको हो ।

Advertisement

वर्षाका कारण कटहरी क्षेत्रको कच्ची सडकमा लोड गाडीहरू फसेर आवतजावतमा समस्या उत्पन्न हुनेगरेको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार फसेका ट्रकहरू निकाल्न मेसिन पठाउने तयारी गरिएको छ ।

राष्ट्रिय गौरवको आयोजना अन्तरगत हुलाकी राजमार्गको मोरङ खण्डमा ४४ किलोमिटर पर्छ । त्यसमध्ये विराटनगरको हाटखोलादेखि कटहरीको राम चोकसम्म करिब ६ किलोमिटर सडक अलपत्र छ ।

२०७६ सालमा श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्रालि काठमाडौंले ठेक्का लिएको यो सडकको काम समयमा नै पूरा नगरेपछि ठेक्का तोडिएको थियो । अहिले सडक निर्माणको काम अलपत्र अवस्थामा छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!