संगालोखबर


विराटनगर । कालिकोटकी समीक्षा कुमारी बमलाई ‘प्लस टु’ पछि कानुन विषय पढ्न मन लाग्यो । तर कहाँ पढ्ने उनी अनिश्चित थिइन् । पछि उनले विराटनगरको ब्राइट भिजन ल कलेजबारे थाहा पाइन् र त्यहीबाट आफ्नो अध्ययन अघि बढाइन् ।

बिएएलएलबीको पाँचौँ सेमेस्टरमा अध्ययनरत बमले कानुन पढेपछि आफूमा आत्मविश्वास बढेको बताइन् । उनमा आफ्नो हक अधिकारका लागि बोल्न सक्ने क्षमता विकास भएको छ । ‘आफूमा आत्मविश्वास बढाउन, आफ्नो सुरक्षाका लागि पनि कानुनको अध्ययन आवश्यक छ’, उनले भनिन् ।

Advertisement

जुम्लाकी कृति बस्नेतलाई पनि कक्षा १२ पछि कानुन विषय पढ्न मन लाग्यो । काठमाडौं बस्दै आएकी उनले पनि ब्राइट भिजन कलेजबाट बिएएलएलबीको अध्ययन अगाडि बढाइन् । राम्रो पठनपाठन हुने कलेजका रूपमा साथीले भनेपछि साथीसँगै विराटनगर आएको उनले सुनाइन् । तेश्रो सेमेस्टरमा अध्ययन गरिरहेकी उनले कलेजको पठन-पाठन राम्रो रहेको बताइन् । भविष्यमा सरकारी सेवामा रहेर काम गर्ने उनको इच्छा छ ।

काठमाडौं बाहिर कानुन पढाउने पहिलो कलेज

ब्राइट भिजन ल कलेजले १६ वर्षअघि काठमाडौं बाहिर पहिलो पटक कानुन विषयको पठन पाठन सुरु गरेको थियो । त्यसअघिसम्म कानुन विषय पढ्न चाहने पूर्व क्षेत्रका विद्यार्थीहरूले काठमाडौं पुग्नुपर्ने बाध्यता थियो । ०६७ सालमा पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा ब्राइट भिजन कलेजले कानुन संकायमा पठन-पाठन सुरु गरेको थियो । ५ वर्षे बिएएलएलबी र २ वर्षे एलएलएमको पठन-पाठन सुरु गरेपछि कलेजमा देशभरका विद्यार्थीको आकर्षण देखियो ।

अहिले सातै प्रदेशका विद्यार्थी ब्राइट भिजनमा अध्ययनरत छन् । कलेजमा कालिकोट, दैलेखसम्मका विद्यार्थी अध्ययनरत छन् । कलेजमा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै विद्यार्थी छन् । ब्राइट भिजनबाट अध्ययन पुरा गरेका धेरै विद्यार्थी सरकारी सेवामा छन् भने कसैले ल कलेज सुरु गरेका छन् । यस्तै कोही वकालत पेशामा छन् । २०८० मा ब्राइट भिजनबाट बिएएलएलबी पुरा गरेका प्यारे अनवर अहिले उच्च सरकारी वकिलको कार्यालय राजविराजमा सहायक न्यायाधिवक्ता पदमा कार्यरत छन् ।

उपत्यका बाहिर कानुनको राम्रो कलेज ब्राइट भिजन रहेको थाहा पाएपछि विराटनगर आएर पढेको उनले बताए । अनुभवी शिक्षक र राम्रो पठन-पाठनका कारण बिएएलएलबीको अध्ययन पुरा गरेलगत्तै लोकसेवामा प्रतिष्पर्धा गरेकै वर्ष नाम निकाल्न सफल भएको उनले सुनाए ।

राजविराजका अनवर जस्तै २०८० मा ब्राइट भिजनबाट बिएएलएलबीको अध्ययन पुरा गरेकी उदयपुरकी शिक्षा राईले पनि २०८२ मा एकै पटकमा लोकसेवामा नाम निकाल्न सफल भइन् । उनी अहिले जिल्ला सरकारी वकिलको कार्यालय उदयपुरमा सहायक जिल्ला न्यायाधिवक्ता पदमा कार्यरत छन् । उनले मध्यमवर्गीय परिवारका लागि ब्राइट भिजन उपयुक्त रहेको बताइन् । अनुभवी शिक्षक र सैद्धान्तिकसँगै व्यवहारिक ज्ञानमा कलेजले बढी जोड दिने गरेको उनको बुझाई छ ।

ब्राइट भिजनमा देशभरका विद्यार्थीको आकर्षण देखिएपनि कलेजले सीमित सिटमा मात्रै विद्यार्थीलाई पठन-पाठन गराउँदै आएको छ । एलएलएममा ९० र वीएएलएलवीमा १८० विद्यार्थी मात्रै कलेजले लिने गरेको छ । भर्ना भएका मध्ये १० प्रतिशत विद्यार्थीले छात्रवृत्ति पाउने गरेका छन् । छात्रवृत्तिको छनोट विश्वविद्यालयले नै गर्दै आएको छ । बाँकी गरिव तथा जेहन्दार विद्यार्थीलाई कलेजनै छात्रवृत्ति दिँदै आएको क्याम्पस प्रमुख बरिष्ठ अधिवक्ता चुडामणि आचार्यले जानकारी दिए ।

व्यवहारिक ज्ञानमा जोड

कलेजले कानुनका जनशक्तिलाई सिद्धान्तसँगै ब्यवहारिक ज्ञानमा पनि जोड दिएको क्याम्पस प्रमुख आचार्यले बताए । ब्राइट भिजनले गत वर्ष कोशी प्रदेशमै पहिलो पटक मुटकोर्ट आयोजना गरेको थियो । मुटकोर्टले विद्यार्थीमा व्यवहारिक कानुनी ज्ञान, आत्मविश्वास, तर्कशक्ति र अनुसन्धान क्षमता विकास गर्ने भएकाले कलेजले नियमित रूपमा मुट कोर्ट (नमूना अदालत) को अभ्यास गराउँने क्याम्पस प्रमुख आचार्य बताउँछन् ।

कलेजले मुटकोर्टसँगै विद्यार्थीलाई नियमित अध्ययन भ्रमण, सरोकारवालासँग कानुनका विद्यार्थी कार्यक्रम, समुदाय स्तरमा कानुनी सचेतनासहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!