संगालोखबर

विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याएको छ । परीक्षामा मेरिल्याण्डका तीन विद्यार्थीले ३.९६ जीपीएसहित ९७.९९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।

Advertisement

तुलनात्मक रुपमा मेरिल्याण्डले उत्कृष्ट नतिजा हासिल गरेको कलेजका प्राचार्य लक्ष्मण ढकाल बताउँछन् । उनका अनुसार कलेजका प्रियंका सिंह, पंकज सिंह र निरज यादवले ३.९६ जीपीए ल्याएका  छन् । प्रेरणा गदलीली र सक्षम श्रेष्ठले ३.९४ जीपीए प्राप्त गरेका छन् । आशिसकुमार सिंहले ३.९३ जीपीए ल्याएका छन् भने निभ साह र दिया लड्डाले ३.९२ जीपीए प्राप्त गरेका छन् । अमनकुमार यादव, कृषकुमार रौनियार र ऋसु शाहले ३.९१ जीपीए ल्याएका छन् ।

त्यस्तै, १४० जना विद्यार्थीले ‘ए प्लस’, २३७ जनाले ‘ए’ र २६० जनाले ‘वी प्लस’ ग्रेड प्राप्त गरेको प्राचार्य ढकालले जानकारी दिए । गुणस्तरीय शिक्षा, उपयुक्त शैक्षिक वातावरण र उत्कृष्ट नतिजाका कारण मेरिल्याण्ड कलेज विद्यार्थीहरूको रोजाइमा पर्ने गरेको छ ।

विभिन्न सङ्घसंस्था तथा शैक्षिक निकायले सार्वजनिक गर्ने मूल्याङ्कनमा पनि मेरिल्याण्ड कलेज उत्कृष्ट सूचीमा पर्दै आएको छ । पछिल्ला चार वर्षको परीक्षाफलका आधारमा केही समयअघि फोकस नेपालले गरेको सर्वेक्षणमा मेरिल्याण्ड देशकै उत्कृष्ट १० कलेजभित्र पर्न सफल भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!