
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँ बढेको हो ।
आज सुन प्रतितोला दुई लाख ८७ हजार तीन सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ८६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला चार हजार छ सय ९० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार छ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 


















