संगालोखबर

विराटनगर । विराटनगरको मार्टस मेमोरियल कलेजले कक्षा ११ को पढाई सुरु हुनुअघि शिक्षक तथा कर्मचारीहरूसँग आज ‘प्रि-सेसन मिटिङ’ गरेको छ । यही असार ११ गतेबाट कक्षा ११ को पढाई सुरु गर्ने तयारी गरेको मार्टस कलेजले शैक्षिक सत्रलाई व्यवस्थित, मर्यादित र नतिजामूलक बनाउन पूर्वतयारी स्वरुप मिटिङ गरेको हो ।

Advertisement

मिटिङमा ६९ जना शिक्षक, कर्मचारी तथा संस्थापक निर्देशकहरू सहभागि थिए । कार्यक्रममा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि तय गरिएका रणनीति तथा शैक्षिक योजनाहरूका विषयमा छलफल गरिएको छ ।

सो अवसरमा प्याब्सन विराटनगरका अध्यक्ष एवं मार्टस मेमोरियल कलेजका निर्देशक अर्जुन श्रेष्ठले उपयुक्त वातावरणमा गुणस्तरीय शिक्षा प्रदानका लागि शिक्षक तथा कर्मचारीले निर्वाह गर्नुपर्ने भूमिका जानकारी गराएका छन् ।

त्यसैगरी प्लसटुका कोअर्डिनेटर किरण दासले शैक्षिक वर्षको वार्षिक क्यालेन्डर र मार्टर्सले कार्यान्वयनमा ल्याउने विशेष शैक्षिक कार्यक्रमहरू अवगत गराएका छन् । कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल सिएम श्रेष्ठले मार्टसले दिने शिक्षा केवल किताबी ज्ञानमा मात्र सीमित नभई व्यावहारिक, नैतिक र समयसापेक्ष हुने उल्लेख गरेका छन् ।

विराटनगरका १० भन्दा बढी प्रतिष्ठित संस्थागत विद्यालयका प्रिन्सिपलहरुसहित २९ जनाको सामूहिक लगानीमा मार्टस मेमोरियल कलेज स्थापना गरिएको हो । स्थापनाको पहिलो वर्षमै मार्टसमा ७५० भन्दा बढी विद्यार्थी भर्ना भएका छन् ।

बैठकमा मार्टस मेमोरियल फाउण्डेसनका अध्यक्ष विष्णु डंगोलले विद्यार्थी र अभिभावकहरूले विश्वास र भरोसा गरेर मार्टस कलेज रोजेको भन्दै भरोसालाई डगमगाउन नदिने दावी गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!