
विराटनगर । विराटनगरकाे एभरेष्ट स्कुलले कक्षा १२ काे परीक्षामा शतप्रतिशत नतिजा ल्याएकाे छ । राष्ट्रिय शिक्षा बोर्डले आज सार्वजनिक गरेको परीक्षाफल अनुसार एभरेष्टको शतप्रतिशत नतिजा आएको हो ।
एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीका अनुसार १३२ जना विद्यार्थीले कक्षा १२ को परिक्षा दिएका थिए । शैक्षिक क्षेत्रमा अब्बल मानिएको एभरेष्टले हरेक परिक्षाहररूमा उत्कृष्ट नतिजा ल्याउने गरेको भन्दै प्रिन्सिपल पुरीले त्यसकै निरन्तरता भएको बताए ।
प्रशासन प्रमुख रक्कि यादवका अनुसार ५७ जना ए प्लस ल्याएर उत्तिर्ण हुँदा ६६ जनाले ए ल्याएका छन् । यस्तै बी प्लस ल्याएर ९ जना उत्तिर्ण भएका छन् । यसका साथै एभरेष्ट स्कुलले यसै शैक्षिक सत्रदेखि बीआईटीको समेत अध्यापन सुरु गरेको छ ।
काठमाडौं विश्वविद्यालयको सम्बन्धन पाएको एभरेष्टले बीआईटीको लागि आवेदन खुला भइसकेको जानकारी दिएको छ । समयमा कोर्ष पुरा गर्ने, समयमा परीक्षा लिने र समयमै परीक्षाफल प्रकाशन गर्ने विश्वविद्यालयका रूपमा परिचित काठमाडौं विश्वविद्यालयको बीआईटी एभरेष्टमा सुरु भएको हो ।

संगालोखबर 


















